परिचय
नेपाली गजलहरुको ब्लग, नेपाली गजललाई देश विदेश सम्म पुर्याउन सुरु
गरिएको एउटा प्रयास हो । साथै अहिले साहित्यको क्षेत्रमा सबैले मनपराएको
रुचाएको र सबैको खोजी बनेको गजलका विषयमा जानकारी दिने हाम्रो कोसिश हुनेछ ।
मेची देखी काली सम्म र संसारका जुनसुकै कुनामा बसेर नेपाली साहित्य वा गजल
लेख्नुहुने श्रष्टाका गजललाइ एउटै थलोमा समेट्ने अर्को प्रयास पनि हो
हाम्रो । अनि नेपाली गजलको इतिहास देखी नेपाली गजलमा अहिले देखिएका प्रवृति
सम्मको चर्चा पनि गर्ने वाचा गर्छौ । तर तपाई विना हाम्रो यो अभिलाशा
पुर्ण हुदैन । त्यसैले हामीले तपाईको साथ पनि चाहेका छौ ।
तपाई पनि देश विदेश जुन सुकै ठाउँमा बसेर नेपाली गजल लेख्नुहुन्छ भने
nepaligajal@gmail.com मा पठाउनुस र यसलाई नेपाली गजलहरुको सागरमा परिणत
गर्न मद्दत गर्नुस । खहरे बनेर मिसिनुहोस यो यात्रामा अनि सागर बनाउनुहोस
आफुलाई सिर्जनाको । धेरै खहरेहरु मिलेर न माहासागर बन्ने हो । त्यसैले
आउनुस् साथ दिनुस नेपाली गजलको एउटा माहासागर निर्माण गरौ ।