गजल


- निमुसंगम घर्ती
बचन तिम्रो एलएम्जीको गोलि कहिल्यै नहोस प्रिय ।
बाचा नेता ज्यूको जस्तो बोलि कहिल्यै नहोस प्रिय ।

संबिधान सभा जस्तो नसारीयोस लगन हाम्रो,
जे हुनुछ आजै होस भोलि कहिल्यै नहोस प्रिय ।

देउ धम्की राखमाग पुरा गर्न सक्ने मात्रै तिमि,
मागि खानेको रीत्तो झोलि कहिल्यै नहोस प्रिय ।

कहिले प्रीति एउटा संग कहिले प्रीत अर्का सगँ,
जस्ले जता भन्छ त्यतै लोलि कहिल्यै नहोस प्रिय ।

बिहेपछि जन्माउला है गणतन्त्र नामको छोरो,
बिजयको निम्ती सिन्दुर होलि कहिल्यै नहोस प्रिय ।