गजल
- राधिका अधिकारी
तिम्रो यादमा बगेका आँसु देखाउन सक्दिन म ।
छट्पटिका शब्द शब्दकोसमा छपाउन सक्दिन म ।
तिमी पत्थर हौ किन रोए तिम्रा लागी जवाफ देउ,
कति पुजेकि छु मैले तिमीलाई बताउन सक्दिन म ।
तिम्रौ निम्ति रुदा सारा आँसु सकिएछ मेरो,
अरु कोहिको यादमा आँसु खसाउन सक्दिन म ।
नयन बग्छ परेलीका डिलपारी जतिबेला,
कत्ती दुख्छ यादमा मुटु लेखाउन सक्दिन म ।
रंगिन संसार तिम्रौ बन्यो यस्तै भयो मेरो,
यो मन बाट तिम्रो याद मेटाउन सक्दिन म ।
मकवानपुर