असार १५ मा मायामितुका दुइ गजल

१ 
वर्खाको संकेत दिन्छ असार पन्ध्रले ।
हलो, जुवा फारिस किन्छ असार पन्ध्रले ।

धान दिवस मनाउँदै, दही चिउरा खाँदा,
दुख पीडा सबै भुल्छ , असार पन्ध्रले ।

आली लाउँदै धान रोपी, पानी सम्याउँदै,
किसानलाई हातमा लिन्छ असार पन्ध्रले ।

मानो रोपी मुरी फलाउने बेला भन्दै,
हामीलाई राम्रो चिन्छ, असार पन्ध्रले ।



मन भित्र खुशी फुल्छ, असार पन्ध्रमा ।
किसानको रहर झुल्छ असार पन्ध्रमा ।

आकाश हेदै्र डल्ला फोरी झार झिलाउँदै,
पाखो बारी सबै डुल्छ असार पन्ध्रमा ।

मनको कालो सबै सबै पखालेर फाली,
हेर मनको आकाश खुल्छ, असार पन्ध्रमा ।

आकाश हेदै्र गोरु नार्दा एका बिहानै,
वर्ष दिनको पीडा भुल्छ असार पन्ध्रमा । 

मायामितु न्यौपाने