गजल


- प्रकाश बञ्जारा "विहानी "
गाउँथेँ म दिनरात तिमी मेरो गीत थियौ ।
पाउँथेँ म सँधै खुसी तिमी मेरो जीत थियौ ।

छरिएर दानासरी छपक्क ढाक्थ्यौ तिमीले,
आउथेँ म घाम बनि तिमी मेरो शीत थियौ ।

छहारी र चौतारीमा मायारुपी नाटक चल्थ्यो,
धाउथेँ म त्यतैतिर तिमी मेरो प्रीत थियौ ।

भावना र चाहानाका कोमल बातहरु हुन्थे,
छाउँथे म तिमीभित्र तिमी मेरो हित थियौ ।

चलायमान अँगहरु चल्थे आवेगमा हुदाँ,
दाउथेँ म अँगालोमा तिमी परिचित थियौ ।