गजल

हरिसुन्दर

खेलमा जीत हुन्छ खेलमा हार हुन्छ ।
हार्नु र जित्नुमै जीवनको सार हुन्छ ।

सिक्नुपर्ने धेरै कुरा बाँकी नै छ बुझ,
जोड दुईमा दुई अनि पो चार हुन्छ ।

तिम्रो मेरो मात्र हैन नियति नै यस्तै,
नझरुन्जेल पात झरेपछि झार हुन्छ ।

देखेकै छ देख्नेले सपना दिनमा नि,
दिवास्वप्न उसको कसरी साकार हुन्छ ।

रमाऔं हामी दुईदिनको चोला हाम्रो,
हाँसौ गाआँै के छ र यस्मै सँसार हुन्छ ।
ताथली—७, भक्तपुर