- मीनकुमार नवोदित
परदेशमा आफ्नो गाउँ सम्झेर रोएँ ।
एकान्तमा तिम्रो नाउँ सम्झेर रोएँ ।
सपनीमा ऋणको पहाडले थिचेपछि,
विपनीमा त्यसको साउँ सम्झेर रोएँ ।
प्रियतमलाई धेरै भयो छाडेको,
त्यसैले उनी बस्ने ठाउँ सम्झेर रोएँ ।
जताततै महंगीको आगो बलेको छ,
एकपल्ट समयको भाउ सम्झेर रोएँ । minnabodit@gmail.com