गजल

- शिवराज 'आँशु'
मैले मेरो जिन्दगीलाई, सम्हालेर राखेँ ।
थाहा छैन खुसीहरु, कुन्नि कस्लाई भाकेँ ।
जूनले साथ देला भनि रात अंगालेर,
हिडेकोथेँ बाटा भरि, काँडा मात्रै चाखेँ ।
बिर्सि जान नसकिने रै'छन् यादहरु,
होसहरुमा थामे पनि, बेहोसिमा डाकेँ ।
भन्न कति सजिलो छ, आरामैछु भनि,
के थाहा छ भित्रि मन्मा, कहाँ कति पाकेँ ।