गजल
विपल बोयुङ
लामो खडेरीमा परि सुकेकोछ यो गाउँ ।
हजारौं त्यो बेदनामा दुखेकोछ यो गाउँ ।
सुन्दर थियो प्रकृतिको एउटा सानो अंग,
बुढो बोटको छायाँमा झुकेकोछ यो गाउँ ।
दिक्क भाछ सुन्दा(सुन्दा मुक्तिका कुराहारु,
मुखियाको मुट्ठी भित्रै लुकेक्कोछ यो गाउँ ।
जन्माउनत कयौ कुबेर जन्माएथ्यो उसले,
आफू भने गरिविमै चुकेकोछ यो गाउँ ।
बेमौसमको भेलहरु उर्लिदिदा घरि(घरी,
बग्दै कैले सिमापारी पुगेकोछ यो गाउँ ।
लामो खडेरीमा परि सुकेकोछ यो गाउँ ।
हजारौं त्यो बेदनामा दुखेकोछ यो गाउँ ।
सुन्दर थियो प्रकृतिको एउटा सानो अंग,
बुढो बोटको छायाँमा झुकेकोछ यो गाउँ ।
दिक्क भाछ सुन्दा(सुन्दा मुक्तिका कुराहारु,
मुखियाको मुट्ठी भित्रै लुकेक्कोछ यो गाउँ ।
जन्माउनत कयौ कुबेर जन्माएथ्यो उसले,
आफू भने गरिविमै चुकेकोछ यो गाउँ ।
बेमौसमको भेलहरु उर्लिदिदा घरि(घरी,
बग्दै कैले सिमापारी पुगेकोछ यो गाउँ ।