गजल


तिलक "अन्जान"

बुझ्दै नबुझिने यो कस्तो प्रेम जाल छ अनौठो ।
न आकार प्रकार न फेद टुप्पो झाल छ अनौठो ।

नदेख्दा सम्म को थियो को त्यो पराइ सरह,
देखेसी नजर जुधाउनै पर्ने कमाल छ अनौठो ।

उनको त्यो रुपलाई बयान गर्ने शब्द नै सकिए,
बोलिमा पनि सङ्गित जस्तो ताल छ अनौठो ।

सबको मन हर्ने रुप छ उनको छिनेको कम्मर,
उभिँदा पनि भुइलाई छुने बाल छ अनौठो ।

एउटा बानी साह्रै छ राम्रो बोल्नलाई लजाउने,
लजावती त्यो मुहार छेक्ने पर्खाल छ अनौठो ।

सम्योग र भाग्य दुवै हो हाम्रो आपसमा भेट हुनु,
उनलाई र मलाई जुटाउने उन्साठी साल छ अनौठो ।