गजल
फूल जस्तै तिमीलाई पाएरै खुसी छु म ।
तिम्रै निम्ति धेरै पल्ट धाएरै खुसी छु म । तिम्लाई भनि प्रकृतिले, रचेको यो गीतलाई,
सुनि दिन्छौ सुस्त सुस्त, गाएरै खुसी छु म ।
कोखैबाट यो धर्तीमा आएरै खुसी छु म ।
सुनाखरी फुलिदिन्छौ, मखमल ियो दिलैमा,
तिमीले मलाइ मोहनी लाएरै खुसी छु म ।
भित्र दिल गलाई दिने, मरोलागि नशा भयो,
पिउदा पिउदै नशा यो, खाएरै खुसी छु म ।
जीन्दगीमा धेरै चाही, तिम्रै निम्ति पुजा गरें,
तिम्रै लागि इश्वरसंग बाएरै खुसी छु म ।
गजुरमुखी इलाम
