गजल
राधिका अधिकारी
आफ्नो मुटु आफैसंग छुटेपछि थाहा पाएं ।
छातिभरी तिम्रो तस्बिर लुकेपछि थाहा पाएं ।
पगालेर नलाई पोख्ने तिम्रो चाहा भन्ने कुरा,
तिम्रै नाममा सारा जीवन दुखेपछि थाहा पाएं ।
मनको देबता मन्मै राखि पुजा गर्नपनि आखिर,
तिमीसंगै मन मुटु फुटेपछि थाहा पाएं ।
खाली सिउदो बाटो कुर्नु बेअर्थ हो भन्ने कुरा,
जीन्दगीका सारा खुसी लुटेपछि थाहा पाएं ।
मत मुर्दा बनिसके यो जुनिमा भन्ने कुरा,
अन्तेष्ठिका निम्ति मलाम जुटेपछि थाहा पाएं ।
महारानिझोडा ९, झापा