गजल
हेरिराख समयलाई मैले किन्छु एकदिन,
जे छिनेथ्यो त्यसले मेरो त्यही छिन्छु एकदिन ।
आज मेरो हातमा छैन त्यसलाई रोक्ने लगाम,
मेरो हातमा पर्दा लगाम झस्काइ दिन्छु एकदिन ।
सधैँ सबको दाहिने चन्द्र एकैनाश हुन्न,
साँढेसातको घट्टभित्र त्यसलाई पिन्छु एकदिन ।
हिसाब–किताब मिलाउन बाँकी नै छ धेरै,
लुकाएनी वहीखाता मैले चिन्छु एकदिन ।
सिस्नो छुनु पार्यो यसले आगो छुनु पार्यो,
सिस्नो आगोमाथि राखी लिन्छु एकदिन ।
+पोखरा, कास्की पल्लभ डट कमबाट
