गजल
_ प्रतिमा परियार “क्षितिजा”
के सोच्छौ जिन्दगानी तिमी नै भन ।
ऐश गरेछौ के थानी तिमी नै भन ।
एक दिन जाने जिन्दगी नै त हो,
हो की हैन खोलाको पानी तिमी नै भन ।
पाचँ पैसाको कमाई छैन भने तिम्रो,
के गर्छौ बनाई रानी तिमिनै तिमी नै भन ।
बैशको मातमा रमायपछि अहिले,
कस्तो होला हानी तिमी नै भन ।
प्रेमिका छान्ने लतनै बसेछ तिम्रो,
नराम्रो कि राम्रो बानी तिमी नै भन ।
बलेको आगोमा मट्टीटेल थपी थपी,
अज्ञानमा की जानी जानी तिमी नै भन ।
जानेको छौ धेरै भन्नु पर्दैन मैले,
बन्छौ किन अज्ञानी तिमी नै भन ।
+ partima.skt7@gmail.com
के सोच्छौ जिन्दगानी तिमी नै भन ।
ऐश गरेछौ के थानी तिमी नै भन ।
एक दिन जाने जिन्दगी नै त हो,
हो की हैन खोलाको पानी तिमी नै भन ।
पाचँ पैसाको कमाई छैन भने तिम्रो,
के गर्छौ बनाई रानी तिमिनै तिमी नै भन ।
बैशको मातमा रमायपछि अहिले,
कस्तो होला हानी तिमी नै भन ।
प्रेमिका छान्ने लतनै बसेछ तिम्रो,
नराम्रो कि राम्रो बानी तिमी नै भन ।
बलेको आगोमा मट्टीटेल थपी थपी,
अज्ञानमा की जानी जानी तिमी नै भन ।
जानेको छौ धेरै भन्नु पर्दैन मैले,
बन्छौ किन अज्ञानी तिमी नै भन ।
+ partima.skt7@gmail.com