गजल

दिनेश आचार्य 'मन्डू'
मत त्यसै बिग्रेको थे तिम्ले मति बिगारिछौ ।
लाउदै माया  छूटाउदै भेटे  जति बिगारिछौ ।

 वल्लो घर पल्लो घर मात्र सिमित नरहेर,
पारि  गाउँकी बाटुली को पति बिगारिछौ ।

 गाइ  बाख्राका रौ  बरु   गन्न   सकिएला,
आकाश का तारा भन्दा नि हो कति बिगारिछौ ।

 तल  माया बगाएर  उभो खोज्दै  हिड्दा,
कठैबरा  जिन्दगीको  गति  बिगारिछौ ।