गजल

प्रकाश आङ्देम्बे
प्रकाश आङ्देम्बे

चैतमास खडेरी र हावा उस्तै छ ।
तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ ।

नीति छैन् नियम छैन् हिजोआज बजारमा,
त्यसैले त किलो अनि पावा उस्तै छ ।

दमक राम्रो, शहर हाम्रो भन्नु मात्र न हो,
विनासकारी रतुवा र मावा उस्तै छ ।

रोटी बद्लिदैँमा हामी मख्ख हुनु हुन्न,
अझै पनि भान्से अनि तावा उस्तै छ ।

घैटोमा घाम कहिले लाग्छ माहुतेको ?
बहुलाएको हात्ती अनि छावा उस्तै छ ।