रोमको ‘आगो लिएर आउ’ विमोचित

सुनसरी १२ साउन । नेपाल गजल प्रतिष्ठानका सुनसरी सचिव रोम ढुंगेलको गजल संग्रह आगो लिएर आउ आज धरानमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । 
कार्यक्रममा प्रमुख अतिथि शिव रेग्मी प्रणत विषेश अतिथि प्राडा टंक न्यौपाने र डा भिम खतिवडाले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
समसामयीकता, जीवन जगत, प्रेम, आक्रोस समेटिएको संग्रहको टिप्पणी डा भिम खतिवडाले गर्नुभयो । मिश्र बैजयन्तीले रोमका गजल समसामयीकताको एउटा दस्तावेज भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखर, साहित्यकारहरु विवश बलिभद्र कोइराला, अभागी थेगुवा, टिका आत्रेयलगायतले गजलकार ढुंगेल र गजल संग्रहको सफलताको शुभकामना दिनुभयो ।
एकदर्जन बढी गजलकारहरुले गजल गायन र वाचन गरेको कार्यक्रम नेपाल गजल प्रतिष्ठान सुनसरी शाखाले आयोजना गरेको हो । कार्यक्रममा झापा, मोरङ, सुनसरी, धनकुटाका एकसय बढीको सहभागिता थियो ।