गजल

- एकु घिमिरे
मुख्य कुरा भन्नै नपाई छुट्नुमा छ मजा ।
नअर्घाई भा“डो रित्ती उठ्नुमा छ मजा ।
नीलआर्मस्ट्रङ बन्नु छैन हेर्छु मात्र जून,
हेराइको सिर्कनाले चुट्नुमा छ मजा ।
तनाव पाली हृदयघात हुने धेरै हुन्छन्,
भरिएर माया मुटु फुट्नुमा छ मजा ।
बाकस फोरे, धन चोरे हुन्छ डकैति,
सबको सामु मनको माया लुट्नुमा छ मजा ।
कस्ले आ“ट गर्न सक्छ यो 'भीम'लाई छुन
रिसाएर तिम्ले प्याट्ट कुट्नुमा छ मजा ।