गजलको एउटा बन्द खाम र्सार्वजनिक

नखोलेरै रखिएको एउटा बन्द खाम थियो ।
भित्र केके थियो कुन्नी बाहिर मेरै नाम थियो ।
चालिसको दशकमै गजलकार ललिजन रावलले लेखेका यी गजल सेर अहिले एउटा पुस्तक भएर आएको छ । अहिले सम्म सबैका ओठ ओठमा झुण्डिएका यी सेरहरुलाई रावलले हामीमांझ कृतिबनाएर आज पस्किएका छन् । समयमै सचेत भई नेपाली गजल विधालाई पुनर्जागरण दिने ललिजन रावलको उत्कृष्ट गजलहरुको सञ्चयन "एउटा बन्द खाम" आज काठमाण्डौमा विमोचन गरिएको छ । विवेकसिर्जनशील प्रकाशनबाट प्रकाशित तथा अनाम मण्डलीबाट आयोजित कार्यक्रममा गजलकार रवि प्राञ्जलले कृति विमोचन गर्दै नेपाली गजलले आजको लोकप्रियता हासिल गर्नुमा गजलकार रावलको ठूलो योगदान रहेको चर्चा गर्नु भयो । कृतिकार रावलले आफूले गजल यात्रा शुरु गर्दाको त्यो खडेरी र अहिलको बाढीबीच धेरै भिन्नता भेटेको बताउँदै अबका गजलकारहरु अझ सचेत भई यो विधालाई हाँकेर लैजानु पर्छ भन्नु भयो । विमोचित कृति र कृतिकार रावलको बारेमा श्रष्टाहरु राजेन्द्र थापा, रमेश पौडेल, देवी नेपाल, प्रभाती किरण, घनेन्द्र ओझा आदिले बोल्नु भएको थियो ।