गजल

- एन.एच. मिश्र
मध्य दिनको भान हुन्छ, रातमा तिमी आएपछि ।
कोठाको छुट्टै शान हुन्छ, रातमा तिमी आएपछि ।

थाहै नदिई आउँदा तिमी अकस्मात छाउँदा तिमी,
रातो रातो कान हुन्छ, रातमा तिमी आएपछि ।

रात पनि रात हुन्न कुराकानी बात हुन्न,
नजरको हानाहान हुन्छ, रातमा तिमी आएपछि ।

प्रेमको कुनै दाउ हुन्न अमूल्य यस्को भाउ हुन्न,
सबै कुरा दान हुन्छ, रातमा तिमी आएपछि ।