गजल

राम शरण श्रेष्ठ
 राम शरण श्रेष्ठ
तिमी जति मन मिल्ने, अरु कोहि पा'को छैन ।
धड्कन भित्र तिमीमात्र, छोडि कतै गा'को छैन ।

तिमी भए पुग्छ मलाई, चाहिंदैन कोहि पनि,
कसम तिम्रो आजसम्म, अन्त नजर ला'को छैन ।

धेरै आए ज्यानै दिने, मत मर्छु तिमी प्रति,
खाए कसम कतिले, मैले कसम खा'को छैन ।

तिमीभन्दा बाहेक कोहि, सोच्ने फुर्सद छैन मलाई,
ठाउँ छैन कतैपनि, अरु मनमा बसा'को छैन ।

तारा झार्ने बाचाहरु, गरिंदैमा हुन्न मायाँ,
विस्वास गर्छु तिमीमा, मठ मंदिर धा'को छैन ।

खुसि छु म धेरै आज, प्रस्ताबको स्वीकृतिले,
कुर्छु तिम्लाई जतिपनि, हतार मलाई भा'को छैन ।