गजल
कृष्णउदाशी
![]() |
कृष्णउदाशी |
जनताको रक्षा गर्ने संविधान खोई ?
नेपाली हौं भन्न पउने स्वाभिमान खोई ?
खाने खाना, पिउने पानी सबमा राजनीति छ,
स्वतन्त्रले हिँड्न पाउने हाम्रो सान खोई ?
स्वतन्त्रले हिँड्न पाउने हाम्रो सान खोई ?
यता पशुपतिनगर उता सुस्ता दुख्या दुख्यै,
आफ्नै देशमा नेपालीको पहिचान खोई ?
आफ्नै देशमा नेपालीको पहिचान खोई ?
लाचारहरू सहिदको सपनामा परेड खेल्छन्,
पीडितको ओठमा हाँसो साँझ बिहान खोई ?
पीडितको ओठमा हाँसो साँझ बिहान खोई ?