गजल
विराट अनुपम
साँझ विहान हात मुख जोर्ने सपना ।
नेपालीका सुखका दिन कोर्ने सपना ।
पवित्रताको सुगन्धमा झिंगा नपरोस्,
अन्धविश्वास कुसस्कार फोर्ने सपना ।
एकाइसौ शताब्दीमा संसार डुल्दैछ याँ,
समृद्धीको मूहान यतै सोर्ने सपना ।
तन मन धनै चाँहिने उन्को मनमा बस्न,
कैले पूरा होला त्यो दिल चोर्ने सपना ।
साँझ विहान हात मुख जोर्ने सपना ।
नेपालीका सुखका दिन कोर्ने सपना ।
पवित्रताको सुगन्धमा झिंगा नपरोस्,
अन्धविश्वास कुसस्कार फोर्ने सपना ।
एकाइसौ शताब्दीमा संसार डुल्दैछ याँ,
समृद्धीको मूहान यतै सोर्ने सपना ।
तन मन धनै चाँहिने उन्को मनमा बस्न,
कैले पूरा होला त्यो दिल चोर्ने सपना ।