गजल

- छवि ज्ञवाली
पर्खी बस्छु मिलाएर आउनू शनिबार तिमी ।
हृदयमा अलि धेरै ल्याउनू मीठो प्यार तिमी ।

ब्यस्ततामा कैलेकाँही हुँदा भेटघाट पनि,
पाएँ मैले फूलमाला, अबीर टीका हार तिमी ।

पूरा जीवन डुङ्गा र्सार्न हात देऊ, साथ देऊ,
बेलुन भर्ने जिन्दगीको हावा जस्तो सार तिमी ।

फूलबारी सुगन्धी र पार्न अझै हराभरा,
र्ब्यर्थ बसी कहाँ हुन्छ गोड सबै झार तिमी ।

यस्तो मौका आयो बल्ल छवि मुस्कुरायो,
सधै यस्तो हुनलाई आउनू लगातार तिमी ।