गजल

- अवि गजुरेल
कालो गाजल कोरी यो मन नहर भो
झ्यालको पर्दा तान्दै लुकेझै नगर भो

रातो टिका लगाउ रातै छ ओठको लाली
घाइते उसै छु साथी मुस्कान नछर भो

भो जुन जस्ती भन्दिन टाढा भएको मान्ली
नजर झुकाउदै लुक्नु अगी नपर भो

उस्तै निर्मल बानी झरना झरेझै तिमी
सागर तिमी हौ प्यारी गाग्री नभर भो

के फूल हो र गुलाब सुनाखरी हौ तिमी
फूलको रङ बोकी सुबाश नछर भो