गजल


- लिलप्रकाश चन्द यात्री’
हिजो, अस्ती झैं रमाईलो आज नहुदो रहेछ ।
बिपरीत दुइ ध्रुबको सधैं राज नहुदो रहेछ ।

जिन्दगीले दिएका उद्गारहरु, के पोखौ र अब,
अतित पहिरिएर रुन मिल्ने ताज नहुदो रहेछ ।

सतह भित्र अपाच्य भनिन्छ जस्लाई यहाँ ,
गहिर्राईमा निल्नु पर्दा लाज नहुदो रहेछ ।

नयाँ मात्र चाख्ने बानी परिसकेकाहरुलाई,
पुरानो सब थोकको कामकाज नहुदो रहेछ ।

जे हुन्छ प्यारो निमेष भरमा बिरानो भएपछि ,
स्मृती समिपमा बास्तबिकता माझ नहुदो रहेछ ।