गजल
- प्रकाश मिश्र प्रकृति
बाहिर आँउदा छचल्किन्छु भित्र बस्न सक्दिन म ।
दन्दनी ज्वाला उठ्दा छुरा धस्न सक्दिन म ।
अटुटको वाचा टुट्यो छुट्नै पर्ने बाध्यता भो,
यो पीडाको आलो घाउले भिर खस्न सक्दिन म ।
रातभरी रुवाउने झझल्को त नजाने भो,
अंग अंग नसा खोज्छन् भट्टी पस्न सक्तिन म ।
कसैगरी भरीएन खाली भाँडो मन भित्र को,
हात मागी परायाको गाँठो कस्न सक्दिन म ।
उदास लाग्छ परिवेश यो, हेरी रा छु नियालेर,
मेरो भागमा परेको यो धुलो घस्न सक्दिन म ।