गजल

स्पन्दन काफ्ले

सरोबरमा रमाउने म माली हजुरको ।
अर्पिएको फूल हाल्ने म थाली हजुरको ।

रमाउन एकैछिन विनोदि त्यो बगैंचामा,
पाए हुन्थें सदाभर म ताली हजुरको ।

राज गर्न हृदयभित्र पाय सदैं सदैं,
नयनमा नि बनौंला म लाली हजुरको ।

स्वीकारेर मनबाट मुखले फले पनि,
अ मृत्त मानी खाँदै छु म गाली हजुरको ।

चढाएर जवानीको प्रासाद यो मेरो,
भगिदिन्छु अर्कैतिर मजाली हजुरको ।