गजल

आरजु

महाभूल के भयो र साथी बाटो मोडेर गयौ,

लागेन कुनै अपराध गरेको साथ छोडेर गयौ ।

हिजो सम्म मेरै मुटु हो भन्थ्यौ आज फेरीयौ,
कोटिकोटि एउटै क्रन्दन अचानक तोडेर गयौ ।

ढुंगालाई देउता ठाने पनि देउतालाई पूजिनौ,
यता तिरस्कार गरी कसै कसैलाई ढोगेर गयौ ।

माया भन्दा महंगो सम्पतिको मोह आडम्बर,
गल्लि गल्लिमा तिम्ले मायालाई जोखेर गयौ ।