गजल
पाण्डुलिपी हराएको लास भो जिन्दगी ।
ढुकढुकीमा बाँच्न विवश आस भो जिन्दगी ।
प्रेमबस्तीको पछ्यौरीले आँखा चोइट्याउँदा,
सारा संसार मेरा लागि भास भो जिन्दगी ।
आकाशभन्दा फराकिलो क्षितिज देखे पनि,
फेर्नलाई नमिल्ने यो सास भो जिन्दगी ।
पाउनुपर्ने साख सारा छायाँ भएपछि,
नभोग्दैमा खारिएर खास भो जिन्दगी ।
अभावको पसारोमा बास भो जिन्दगी ।
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर ।