गजल

दिपेन्द्र भट्टराई
सानेलाई दिन लेख्या, चिट्ठी केरी सानीले त ।
शहतिर सरेपछी , रंग फेरी  सानीले त ।

कता गयो गुन्युचोली,चुरा पोते धागो पनि,
बदलामा तिल अट्ने, टालो बेरी सानीले त ।

जग्गेमा सिउदो भर्या ,देख्थ्यो सपना साने मोरो,
कानमा कुण्डल भिर्ने,झिल्के हेरी सानीले त ।

मादक तस्विर चुम्बन दृश्य, अनि कुन्नि के के पो हो
माग्यो भन्दै कथाले नै, सबै टेरी सानीले त ।


सरलता र शालीनतालाई,तिलान्जली दिदै दिदै
नग्नताको थैली फिंजाई, नोट घेरी सानीले त ।