गजल

सुरेन्द्र खाईजू

मायाँ हाम्रो  दुबो सरी मौलाउने आश थियो ।
थाहा थिएन यही मायाँमा विछोडको वास थियो ।

विगतका स्मृतिहरु एकान्तमा डस्छन् मलाई,
हृदयमा मसान झै शुन्यताको आभाष थियो ।

मै मा सायद कुनै कमी थियो होला,
झुपडीमा रहनेलाई महलको जो प्यास थियो  ।

सहन सक्छु म अब जस्तो सुकै दुःख कष्ट,
पीडा तिम्लाई पुग्ला भन्नै अज्ञात त्रास थियो ।

विवाहको कार्ड जब थमाएथ्यौ तिमीले,
लाग्थ्यो आफ्नै हातमा मेरो आफ्नो लाश थियो ।