गजल

बुद्धी मोक्तान

भेटिने सुर देखिन गाउँमा काफल पाक्दा पनि ।
क्षितिज पारी प्रियतम जवानीले डाक्दा पनि ।

शिशिर बित्छ आँशु बनी बसन्तलाई कुरी बस्छु,
सिउदो किन खाली हुन्छ कम्मरकसी लाग्दा पनि ।

प्रकृतिमा लाली चढ्यो म चाँही सानी हुन खोज्छु,
छर्लङभो जवानी यो पछ्यौरीले ढाक्दा पनि ।

भाको छैन इच्छा पूरा दैब परेउ की निर्मोही,
कपुत जोडी उडाएर देबीथानमा भाक्दा पनि ।

एउटै ध्यान प्रियतम देउ एक् चिम्टी सिन्दुर,
अधुरो छ मनको स्वाद सयौ फल चाख्दा पनि ।