गजल

महान श्रेष्ठ
राजनीतिलाई बनाएर व्यवसायिक थलो ।
हुँदैन है यसरी त मुलुकको भलो ।

आफ्ना भए ठीक नत्र अरु सबै बेठीक,
गोरु भने चुट्या चुट्यै अड्काएर हलो ।

पद पाउने दौडधुप पुरा हुन्छ त्यतिबेला,
जतिबेला सन्देश आँउछ हाँ अब् चलो ।

संविधान बनाउन उठाएको भवन आज,
बन्दैछ जनमत चुट्ने, पिस्ने खलो ।
बेनिघाट(८,धादिङ