गजल

- राजन कार्की
सधैं सधैं राती रुन्छौ तिमी किन हो
दुख्ने घाऊ फेरी छुन्छौ तिमी किन हो

सफा मन पाएको एउटा तिम्रै हो
कुन दाग फेरी धुन्छौ तिमी किन हो

तिमीले छोएका मेरा सब डाली हरिया
आफ्ना लागि सुकेका चुन्छौ तिमी किन हो

सब मौसम थेग्छौ आफु पुरानो बर्को ओढेर
मन दुखाउनेलाई नयाँ बुन्छौ तिमी किन हो

तिमीमा मेरा आस्थाले यी उचाई लिए
अनयासै मेरो ईश्वर हुन्छौ तिमी किन हो

nepalayan@gmail.com