एफ.एमले गजल प्रतियोगीता
विजय एफ.एम नवलपरासीले बाषिर्क उत्सवको अवसरमा भदौ ३ गते खुला गजल प्रतियोगिता गरेको छ ।
गजल प्रतियोगितामा गैंडाकोटका भानुभक्त सापकोटा प्रथम, गंगा लामिछाने द्धितिय र बालकृष्ण सुवेदिले तृतिय स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।
यसैगरी प्रकाश भुषाल र चितवनकी गोमा पौडेलले भने सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य एवं मूल्याङ्कन समितिका संयोजक ऋषि प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सो गजल प्रतियोगितामा प्राप्त भएका सवै गजल मध्ये बाट १९ ओटा गजल छनौटमा परेका थिए ।
कार्यक्रममा साहित्यकार गोविन्द राज बिनोदि र एफ.एमका स्टेशन म्यानेजर भूमिराज चापागाईंले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो । शुभकामना मन्तब्य ब्यक्त गर्दै स्टेशन म्यानेजर चापागाईँले नव र्सजकहरुसँगको सामिप्यता प्रगाढ पार्नका लागि एवं अन्तर निहित प्रतिभाहरुलाई प्रष्फुटन हुने थलो प्रदान गर्नका लागि पनि सो गजल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा अग्रज साहित्यकारहरुलाई स्मरण गर्दै उहाँहरुप्रति सम्मान ब्यक्त गरिएको थियो ।