गजल


- यात्री शेखर
जीवनको पर्दा लगाएर गयौ ।
चाहना र इच्छा बगाएर गयौ ।

कुबाटो त रोज्यौ यात्रा सगैं भएन,
अरु नै को-कोलाइ फकाएर गयौ ।

माया त कतै, घृणित हुन्न भन्थे,
तिमीले वितृष्णा, जगाएर गयौ ।

सबै चिज गर्न, यौटा सिमा हुन्छ,
सिमा नै तिमीले, नघाएर गयौ ।