गजल

- जानुका अश्रुधारा
म उदाउँदै गर्दा हराएर गयौ ।
फेरी नभेट्ने मिति बताएर गयौ ।

म छेक्दै थिएँ बाटो पहाड बनेर,
मेरै शीरमा मोती चढाएर गयौ ।

तिम्ले राप दियौ मैले शीतल दिए,
रापले फूलको थुङ्गा दबाएर गयौ ।

तिम्रो स्पर्शले म पग्लदै पग्लदै बगेछु,
परेली भिजाई आश्रु खसाएर गयौ ।

इटहरी, सुनसरी