गजल

- इश्वर दाहाल कविजी
लाली ओठ मन्द मुस्कान् हुरुक्कै बनाइन् ।
वैलीएका अंगहरु जुरुक्कै बनाइन् ।
गाजलु ती परेली त झनै कर्काएर,
बढाएर धडकन बुरुक्कै बनाइन् ।
पत्रपत्र स्वरुपका भित्री कुराहरु,
अहिले नै मिल्ला की झै फुरुक्कै बनाइन् ।
कामुकता भरपुर रति झै बदन,
गराएर दृष्टीपान धुरुक्कै बनाइन् ।
तलदेखि माथिसम्म सबै खाउँ लाग्ने,
अमृत् झै फल्हरुले खुतुरुक्कै बनाइन् ।
- थाक्ले ४ ओखलढुंगा, हाल दोहा कतार