मोतीराम जयन्ती

अनाममन्डलीले यही भदौ ४,५ र ६ गते १४४ औ मोतीराम जयन्ती सम्पन्न गरेको छ । ४ गते रश्मि असफलको गजलसङ् ग्रह 'तिम्रो बगानभित्र' को विमोचन गर्यो भने ५ गते २५ जना गजलकारहरूको सभागितामा समस्यापूर्ति गजललेखन सम्पन्न गरेको छ । भदौ ६ गते अनाममन्डलीको स्मारिका प्रकाशन,ज्ञानु विद्रोहीको गजलसङ् ग्रह 'त्रास आफन्तको' तथा बहरबद्ध गजलहरूको सम्युक्त सङ्ग्रह 'गजलमाला' को विमोचन गरेको छ । सोही दिन 'बिशेष गजलगायन' पनि सम्पन्न भएको छ ।