गजल

- भीम भारती निर्दोष
निमुखा नेपालीलाई मार्न जति मार्‍यो तिम्ले ।
यो देशलाई गरीवीमा झार्नजति झार्‍यो तिम्ले ।

मै खाऊ मै लाऊको आत्म केन्द्रित विचार तिम्रो,
देशको धन विदेशमा सार्नजति सार्‍यो तिम्ले ।

पाखण्डी चाल चलनमा समाजलाई वाध्न खोज्यौ,
वुद्ध शान्ति ल्याउने भ्रम पार्न जति पार्‍यौ तिम्ले ।

इतिहासको अन्तिम लडाइ जित्ने जनता नै हो ,
हिटलरको भन्दा वढी हार्नजति हार्‍यौ तिम्ले ।