चितवनमा गजलकारहरुको जमघट
गजलकार प्रभाकर पण्डितको प्रथम गजल सङ्ग्रह "यो अचम्म भो"को आज विमोचन गरिएको छ । हाम्रो मझेरी प्रतिष्ठान भरतपुर तथा अग्रगामी समाज नेपालको संयुक्त आयोजनामा भएको एक वृहत साहित्यिक कार्यक्रमका बीच सो गजल सङ्ग्रहको विमोचन गरिएको हो ।
भरतपुरको द न्यू किचेन क्याफे होटलमा भएको कार्यक्रममा वरिष्ठ कवि तथा सञ्चारकर्मी प्रकाश सायमीले सो गजल सङ्ग्रहको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका ११ अञ्चलका साहित्यकारहरुले उपस्थिति जनाएका थिए । डा.घनश्याम परिश्रमी, प्रकाश सायमी, प्रेमविनोद नन्दन , गोविन्दराज विनोदी , धनराज गिरि , पुष्प अधिकारी अञ्जली लगायतका साहित्यकारहरुको उपस्थितिले कार्यक्रलाई ओझिलो बनाएको थियो ।कार्यक्रममा साहित्यकारले नेपाली साहित्यमा गजलको महत्व बारे चर्चा गरेका थिए । १४४ औं मोती जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित साहित्यकारहरुले गजल गाउनुको साथै वाचन समेत गरेका थिए ।