गजल

- सलोजा दाहाल
तिमीलाई यो जवानी सुम्पिएर दिउँ लाग्यो ।
संगै बसी पेगमा पेग मिलाएर पिउँ लाग्यो ।

मनभरि रहरका फूलहरु फूलिरा'छन् ,
लहरालाई संगालेर आफ्नै हातमा लिउँ लाग्यो ।


बसेकै थे हरियाली बसन्तमा रमाएर ,
तर पनि किन किन तिम्रो साथ जिउँ लाग्यो ।

कोईलीको स्वर संगै पालुवात फेरिन्छ नै
सम्पूर्णता गुमाएर तिमी संगै बेरिउँ लाग्यो ।