गजल



- अनमोलमणि
छुटि्टएर कही दुखमा पर्‍यौजस्तो लाग्छ ।
निदाउने बेला याद गर्‍यौजस्तो लाग्छ ।

लुकाएथ्यौ जाने बेला आँशु आँखा भित्रै,
सम्झनामा आँशुसँगै झर्‍यौजस्तो लाग्छ ।

मुटुभित्र लेखिराख्छु भन्थ्यौ मेरो नाम,
मुटुसहित तिमी मैमा सर्‍यौजस्तो लाग्छ ।