गजल

- सुमन गैरे "प्यासी"
सारा फूल बगैंचाका कोपिलामै झरेको छ,
आज सारा देशवासीलाई मातृशोक परेको छ!
राजतन्त्र लडाएर गणतन्त्र ल्याउछु भन्दा,
स्वाभिमानी नेपालीका आस्थाहरू मरेको छ!
षड्यन्त्रका हुतिहारा राजनितिक दलहरू,
माया छैन देशको गर्नु घात गरेको छ!
परिवर्तित सातदलका खेलाडिको निर्णयले,
संबिधान बन्ने कुरा खै कता सरेको छ!