गजल

- प्रेमाञ्चल
मैले आफ्नै सम्झँदानी, पराइ ठान्यौ तिम्ले ।
फुकाई मलाई मुटुभित्र, अर्कै बान्यौ तिम्ले ।

जीवन एक्लै जीउनु पर्छ, थाहा छ तिमी छैनौं,
जीवन यात्रा एक्लो एक्लो, विछोड्को बाँण हान्यौ तिम्ले ।

नजर हो त्यो दुनियाँको, कस्ले रोक्ने कस्ले छेक्ने,
गरेका ति सारा बाचा, भुल्नलाई जान्यौ तिम्ले ।

झुठा कसम तिम्रा सारा, रुँदा हाँस्दा संगै हुने ।
रुन मलाई एक्लै पारी, हाँस्न अर्कै छान्यौ तिम्ले ।

के थियो जादु तिम्रो, जो थिएन अरुसंग,
मन मुटु चुँर्डाई मलाई, आफैतिर तान्यौ तिम्ले ।