गजल

- लक्ष्मी थापा -क्षेत्री)
हतार हतार भेट्न आयौ गयौ उसैगरि ।
न त आफ्नो न त पराइ भयौ उसैगरि ।

कति धैरै मनका कुरा भन्छु भनेकी थे,
याद छोड्यौ, भोक प्यास लयौ उसैगरी ।

नत वारी आउछौ तिमी, नत पारी बोलाउछौ,
बगरको ढुङ्गा जस्तै रह्यौ उसैगरि ।

निष्ठुरी हौ, पापी रै छौ, कति गालि गरे,
चुपचाप घामपानी सह्यौ उसैगरि ।