गजल

- निरु गौतम
माया प्रिती बिना उपबास जिन्दगी हो ।
माया गरेर हेर बिश्वास जिन्दगी हो ।

तिखा ति काँडादेखी तर्सिनु हुन्न कहिल्यै,
काँडाका माझ फुल्ने सुबास जिन्दगी हो ।

यात्रामा जीवनको पाइलामा बिझ्छन् काँडा,
खोच्याउदै हिड्नु पर्ने प्रयास जिन्दगी हो ।

जीवन जिउने कला त्यो सिक्दैछ निरु पनि,
माया र प्रेमबिचको मधुमास जिन्दगी हो ।

- बुटवल