गजल

- सुमन गैरे "प्यासी"
राष्ट्रका ति पुजारीको गित मैले गाएँ हजुर ।
मुटु भित्र छामी हेर्दा मेरै देश पाएँ हजुर ।
चारवर्ण छत्तिस जातको साझा एउटै फुलवारीमा,
शान्ति दिप बालिरने कसम मैले खाएँ हजुर ।
रश्मिको लाली सिंदुर नपुगेका गल्ली भित्र,
चेतनाको दिप बाल्न प्रकाश बनि छाएँ हजुर ।
सिर्जनशिल इतिहासका पानाहरू पल्टाउदै,
भानु, मोति जगाउन कलम बोकि आएँ हजुर ।
चन्द्र सूर्य झण्डाको अस्मितालाई बचाउन,
आन्तरिक स्वार्थमाथी पर्दा मैले लाएँ हजुर ।
सुन्दर यो देशलाई सुगन्धमा फुलाउँदै ,
ममताको भारी बोकी मेचीकाली धाएँ हजुर ।