गजल

- प्रकाश बन्जारा ' बिहानी '
गाउँ भरी झुठो हल्ला चलाएर बसी छौ रे ।
म त सुकेँ भन्दै झनै पलाएर बसी छौ रे ।
गल्ति छैन भन्दै भन्दै किन पन्छि बस्छौ काली,
विस्वासका सबै कसि जलाएर बसी छौ रे ।
बिचरा मलाइ नै पो बदनाम गराउन,
बुढा सासु ससुरालाइ दलाएर बसी छौ रे ।
अमृत नै फल्छ भन्थ्यौ हासिँ हासिँ रोपिदिएँ,
समाजमा विषमात्रै फलाएर बसि छौ रे । -
साउने चउर ९ खोटाङ्ग हाल दोहा कतार